logo
२०८१ मंसिर ८ शनिवार



रोमाञ्चक स्पर्धामा वेष्टइन्डिजमाथि आयरल्याण्डको चार रनको जित

खेलकुद |


रोमाञ्चक स्पर्धामा वेष्टइन्डिजमाथि आयरल्याण्डको चार रनको जित


एजेन्सी
काठमाडौं, माघ २ गते । अत्यन्तै रोमाञ्चक स्पर्धामा आयरल्याण्डले वेष्टइन्डिजमाथि पहिलो टी ट्वान्टी खेलमा चार रनको झिनो अन्तरको जित हात पारेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा आयरल्याण्डले १–० को अग्रता लिएको छ ।
आयरल्याण्डले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले पुरा २० ओभर खेलेपनि सात विकेटको क्षतिमा २०४ रन बनाउन सक्यो । वेष्टइन्डिजका लागि ओपनर एभीन लेविसले सर्वाधिक ५३ रन बनाउनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन । वेष्टइन्डिजलाई सस्तोमै रोक्न आयरल्याण्डका जोश लिटलले सर्वाधिक तनि तथा क्रैग योङ्गले दुई तथा जर्ज डोक्रेल र सीमि सिंहले सामान एक एक विकेट लिनुभयो ।
यसअघि सेन्ट जर्जमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको आयरल्याण्डले ओपनर पिटर स्टर्लिङ्गको विष्फोटक ब्याटिङ्गमा २० ओभरमा सात विकेटको क्षतिमा २०८ रनको उच्च योगफल तयार गरेको थियो । स्टर्लिङ्गले मात्र ४७ बलको सामना गर्दै छ चौका र आठ छक्काको सहयोगमा ९५ रनको योगदान दिनुभयो । अर्का ओपनर केभीन ओ ब्रायनलले ४८ रन बनाउनुभयो । दुबैजनाले पहिलो विकेटका लागि १५४ रनको साझेदारी गर्नुभयो ।
वेष्टइन्डिजका शेल्डन कोट्रेल, खैरी पिर्रे र ड्वायन ब्राभोले सामान दुई तथा हेडन वाल्शले एक विकेट लिनुभयो । खेलको म्यान अफ द् म्याच स्टर्लिङ्ग घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?