एजेन्सी
काठमाडौं, माघ २ गते । इंग्ल्याण्ड र दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट खेल सुरु भएको छ । तिब्र गतिका बलर जेम्स एन्डरसनले तेस्रो टेष्टबाट बाहिरिएपछि इंग्ल्याण्डले मार्क ऊडलाई स्थान दिएको छ । त्यसैगरी दक्षिण अफ्रिकाले डेनियल प्रिटोरियसको स्थानमा डेन पाटरसनले टोलीमा स्थान दिएको छ ।
तेस्रो टेष्ट खेलमा इंग्ल्याण्डले टस जितेर पहिला ब्याटिङ्ग गर्दैछ । दुई टोलीबीच चार म्याचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट खेल दक्षिण अफ्रिकाले १०७ रनले जितेको थियो । दोस्रो टेष्ट खेलमा इंग्ल्याण्डले १७९ रनको जित हात पार्दै श्रृखंला १–१ को बरारबीमा ल्याएको छ ।
इंग्ल्याण्डले टेष्ट क्रिकेटको इतिहासमा घरेलु मैदान बाहिर आफ्नो ५०० औं टेष्ट खेलमा सहभागी हुँदैछ ।