एजेन्सी
काठमाडौं, माघ ३ गते । पाकिस्तान क्रिकेट टोलीले टी ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार सात खेलमा हार बेहोरेको छ । हारलाई जितमा बदल्ने रणनीतिसहित पाकिस्तान क्रिकेटले आगामी टी ट्वान्टी श्रृखंलाका लागि टोलीमा ठूलै बदलाब ल्याएको छ ।
पाकिस्तानले आगामी सातादेखि बङ्गलादेश विरुद्ध टी ट्वान्टी श्रृखंला खेल्दैछ । जसका लागि पाकिस्तान क्रिकेट बोर्डले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा घोषित टोलीमा शोएब मल्लिक, मोहम्मद हाफिज जस्ता अनुभवी खेलाडीले पुनः स्थान पाएका छन् ।
मोहम्मद आमीर र वहाब रियाज टोलीबाट बाहिरिएका छन् । तिब्र गतिका बलर मोहम्मद मूसाले स्थान पाउनुभएको छ । ब्याट्सम्यान अहसान अली र अर्का तिब्र गतिका बलर अमाद बट्ट पनि टोलीमा फर्किएका छन् । लगातार सात टी ट्वान्टी खेलमा हार बेहोरेपछि पाकिस्तान टोलीका प्रशिक्षक मिसबाह उल हकले दोस्रो पटक टोलीमा बदलाव गर्नुभएको छ ।
गत् मईमा टोलीबाट बाहिरिएका शाहीन अफ्रिदी पुनः फर्किनुभएको छ । उसमान कादिर र अष्ट्रेलियामा जारी बिग बैश लिगमा उत्कृष्ट प्रदर्शन गर्नुभएका हरिश रौफ भने टोलीमा स्थान बनाउन सफल हुनुभएको छ ।
पछिल्लो एकवर्षमा पाकिस्तानले खेलेको नौ टी ट्वान्टी अन्तर्राष्ट्रियमध्ये आठवटामा हार बेहोरेको छ । आईसीसी विश्ववरियताको शिर्ष स्थानमा रहेको पाकिस्तानी टोली तल झर्ने क्रम सुरु हुने अपेक्षा गरिएको छ । बिगत्कै परिणाम ऊ अझै शिर्ष स्थानमा छन् ।
खुश्दील शाहले पनि पहिलोपटक टोलीमा स्थान पाउनुभएको छ । सन् २०१८ यता पाकिस्तानका लागि सबैभन्दा बढी विकेट लिनुहुने मोहम्मद आमीरलाई पनि टोलीमा स्थान दिइएको छैन् । सेतो बलमा मात्रै केन्द्रित हुने लक्ष्य लिएर टेष्टबाट सन्यासको घोषणा गर्नुभएका आमीरको उक्र निर्णयप्रति प्रशिक्षक मिसबाह उल हकले असन्तुष्टी जनाउनुभयो । उहाँले टोलीलाई वरिष्ठ खेलाडीको आवश्यकता रहँदा आफूखुशी सन्यासको घोषणा गर्नु दुखद रहेको बताउनुभयो । मोहम्मद आमीरको उक्त निर्णयले उहाँलाई ए श्रेणिबाट सी श्रेणिमा झारिएको छ ।
बङ्लादेश विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल जनवरी २४ मा गद्दाफी रङ्गशालामा खेलाइनेछ । दोस्रो २५ र तेस्रो टी ट्वान्टी २७ जनवरीमै गद्दाफी रङ्गशालामा खेलाइनेछ ।