logo
२०८१ मंसिर ८ शनिवार



लगातार २१ ओभर बलिङ्ग गरेपनि रन नखर्चिने बलरको निधन

खेलकुद |


लगातार २१ ओभर बलिङ्ग गरेपनि रन नखर्चिने बलरको निधन


एजेन्सी
काठमाडौं, माघ ४ गते । भारतीय क्रिकेटका अलराउण्डर बापु नदाकर्नीको ८६ वर्षको उमेरमा निधन भएको छ । डिसेम्बर १९५५ मा पहिलो अन्तर्राष्ट्रिय स्पर्धा खेल्नुभएका नदाकर्नीले ४१ टेष्ट म्याच खेल्नुभएको थियो । २५.७० को औसतले उहाँ एक हजार ४१४ रनसँगै ८८ विकेट लिनुभएको थियो ।
बलिङ्गमा थोरै रन खर्चिने क्रिकेटरको रुपमा विश्व क्रिकेटमा उहाँले पहिचान बनाउनुभएको थियो । उहाँको इकोनोमी १.६७ मात्रै थियो । बलिङ्गमा थोरै रन खर्चिदा उहाँलाई विश्वकै दोस्रो सबैभन्दा सफल बलरको रुपमा स्थापित गर्यो ।
भारतले विदेशी भूमीमा पहिलो श्रृखंला जित्दा देब्रे हाते स्पिनर नदाकर्नीले १९६७–६८ मा न्युजिल्याण्ड विरुद्ध वेलिंगटनमा ४३ रन खर्चेर छ विकेट लिनुभएको थियो । यद्दपी उहाँको सबैभन्दा सफल बलिङ्ग भने जनवरी १९६४ मा मद्रासमा देख्न पाइयो । जहाँ उहाँले ३२ ओभर बलिङ्ग गर्दा २७ मैडन राखेर मात्र पाँच रन खर्चिनुभयो । उहाँले लगातार २१ ओभर बलिङ्ग गर्दा कुनै रन खर्चिनुभएन । होरस हयाजेलले १९४९ मा लगातार १७ ओभर बलिङ्ग गर्दा रन खर्चिनु नभएको कीर्तिमान थियो ।
ब्याटिङ्गमा पनि औसत प्रदर्शन गर्नुभएका उहाँले चार अद्र्धशतक र एक शतक लगाउनुभएको छ । इंग्ल्याण्डविरुद्ध कानपुरमा उहाँले अविजित १२२ रनको योगदान दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?