logo
२०८१ मंसिर ८ शनिवार



अष्ट्रेलिया विरुद्ध भारतको वापसी

खेलकुद |


अष्ट्रेलिया विरुद्ध भारतको वापसी


एजेन्सी
काठमाडौं, माघ ४ गते । भारतले अष्ट्रेलिया विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेल ३४ रनले जितेको छ । जितसँगै तीन म्याचको श्रृखंला १–१ को बराबरीको स्थितिमा आएको छ ।
भारतले प्रस्तुत गरेको ३४१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ४९.१ ओभरमा मात्र ३०४ रनमा समेटिन पुग्यो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ९८ रनको योगदान दिनुभएपनि हार टार्न सक्नुभएन । मार्नस लबुस्नेले ४६ रन बनाउनुभयो । २० रनमा देवीड वार्नरको रुपमा पहिलो र ८२ रनमा आरोन फिञ्चको रुपमा अष्ट्रेलियाको दोस्रो विकेट खसेपछि स्टिभ स्मिथले लबुस्नेसँग तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दा भारत दबाबमा आएको थियो । रबिन्दर जडेजाले उक्त साझेदारी भङ्ग गरेपछि अष्ट्रेलियामाथि भारतीय बलर हाबी भएको थियो । भारतका लागि जसप्रित बुमराले एक मात्र विकेट लिएपनि १० ओभरमा मात्र ३२ रन खर्चेर उत्कृष्ट बलिङ्ग गर्नुभयो । मोहम्मद सामीले तीन, नवदीप सैनी, रबिन्दर जडेजा र कुलदीप यादबले सामान दुई दुई विकेट लिनुभयो ।
यसअघि राजकोटमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको भारतले ५० ओभरमा छ विकेटको क्षतिमा ३४० रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ९६ रनको योगदान दिनुभयो । कप्तान विराट कोहलीले ७८ तथा विकेटकीपर ब्याट्सम्यान करण लोकेश राहुलले मात्र ५२ बलमा ८० रनको उत्कृष्ट पारी खेल्नुभयो । रबिन्दर जडेजा २० रन बनाएर अविजित रहनुभयो । अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक तीन तथा केन रिचर्डसनले दुई विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच लोकेश राहुल घोषित हुनुभयो । श्रृखंला अन्तगर्तको तेस्रो, अन्तिम तथा निर्णायक एकदिवसिय खेल बैंग्लौरमा आइतबार खेलाइनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?