logo
२०८१ मंसिर ८ शनिवार



रोमाञ्चक स्पर्धामा मनाङ् र थ्री स्टारको बराबरी

खेलकुद |


रोमाञ्चक स्पर्धामा मनाङ् र थ्री स्टारको बराबरी


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ् मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेलेको छ । डिभिजन लिग अन्तगर्त शनिबार सम्पन्न दोस्रो खेलमा दुबै टोलीबीचको खेल २–२ को बराबरीमा सम्पन्न भएको हो ।
पहिलो हाफमा थ्री स्टारले १–० को अग्रता लिन सफल भयो । दोस्रो हाफमा उसले थप एक गोल गरेपनि मनाङ्ले दोस्रो हाफमै दुई गोल गरेर थ्री स्टारसँग अङ्क बाँड्न सफल भयो । १९ औं मिनेटमा थ्री स्टारका लागि डेब्यू गर्नुभएका भारतीय खेलाडी लाल रामाभराले फ्रिकीक मार्फत् गोल गरेर १–० को अग्रता दिलाउनुभयो । पुजन उपरकोटीको हयाण्डमा बक्स बाहिर प्राप्त फ्रि कीकलाई रामाभराले गोलमा परिणत गर्नुभयो ।
मनाङ्का लागि अञ्जन विष्टले पहिलो गोल गर्नुहुँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो । उहाँलाई ४९ औं मिनेटमा अशोक खवासले लडाएपछि प्राप्त पेनाल्टीलाई आफैंले गोलमा परिणत गर्नुभयो । ६७ औं मिनेटमा अञ्जनले गोल थप्दा मनाङ्ले खेलमा २–१ को अग्रता लियो । कप्तान कमल श्रेष्ठको फ्रिकीकलाई अञ्जनले हेडरमार्फत् गोलमा परिणत गर्नुभयो ।
८४ औं मिनेटमा लाल रमाभाराले थ्री स्टारलाई खेलमा वापसी गराउनुभयो । उहाँले अनन्त तामाङ्को हेडर गोलरक्षकले बचाएपछि रिबाउन्डमा गर्नुभएको प्रहार गोलमा परिणत गर्नुभयो । मनाङ्ले बराबरीसँगै सात खेलबाट १३ अङ्क जोडेको छ । थ्री स्टार भने त्यत्तिकै खेलबाट ११ अङ्क जोडेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?