logo
२०८१ मंसिर ८ शनिवार



भारतलाई अष्ट्रेलिया विरुद्धको श्रृखंला

खेलकुद |


भारतलाई अष्ट्रेलिया विरुद्धको श्रृखंला


एजेन्सी
काठमाडौं, माघ ६ गते । ओपनर रोहित शर्माले आफ्नो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट जिवनको २९ औं शतक लगाएपछि भारतले अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेल जितेको छ । जितसँगै भारतले तीन म्याचको श्रृखंला २–१ ले जितेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २८७ रनको लक्ष्य भारतले खेल सकिन १५ बल बाँकी छदै मात्र तीन विकेटको क्षतिमा २८९ रन बनाएर पुरा गर्यो । भारतलाई जित दिलाउन रोहित शर्माले ११९ रनको योगदान दिनुभयो । अर्का ओपनर करण लोकेश राहुलले १९ तथा कप्तान विराट कोहलीले ८९ रनको योगदान दिनुभयो । श्रेयास ऐयरले ४४ तथा मनिष पाण्डे आठ रन बनाएर अविजित रहनुभयो । अष्ट्रेलियाली प्रमुख बलरहरु प्याट्ट क्युमिन्स र मिसेल स्टार्क विकेटविहीन हुनुभयो । एडम जाम्पा, आष्टन एगर र जोश हयाज्लऊडले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २८६ रनको उच्च योगफल तयार गरेको थियो । १८ रन जोड्दा ओपनर देवीड वार्नरको विकेट गुमाएपछि दबाबमा आएको अष्ट्रेलियाको पारी स्टिभ स्मिथले सम्हाल्नुभयो । आरोन फिञ्च१९ रनको योगदान दिनुभयो । स्मिथले १३१ रनको योगदान गरेपछि अष्ट्रेलिया उच्च योगफलसम्म पुग्न सफल भयो । मध्यक्रमका अर्का ब्याट्सम्यान मार्नस लबुस्नेले ५४ रनको योगदान दिनुभयो ।
भारतका लागि मोहम्मद सामीले सर्वाधिक चार विकेट लिनुभयो । रबिन्दर जडेजाले दुई तथा कुलदीप यादब र नवदीप सैनीले एक एक विकेट लिनुभयो । दोस्रो एकदिवसियमा मात्र एक विकेट लिनुभएका भारतीय प्रमुख बलर जसप्रित बुमराह तेस्रो एकदिवसियमा विकेटविहीन बन्न पुग्नुभयो । यद्दपी उहाँले पुरा १० ओभरको स्पैल पुरा गर्दा मात्र ३८ रन खर्चिनुभयो ।
रोहित शर्मा खेलको म्यान अफ द् म्याच र कप्तान विराट कोहली म्यान अफ द् सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?