एजेन्सी
काठमाडौं, माघ ६ गते । लियोनल मेस्सीले दोस्रो हाफमा गोल गर्नुभएपछि बार्सिलोनाले ग्रनाडामाथि १–० को जित हात पार्नुभएको छ । खेलमा ८० प्रतिशत नियन्त्रण राखेको बार्सिलोनाले जितसँगै स्पैनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।
क्याम्प नाउमा आइतबार अबेर राति सम्पन्न खेलको ६९ औं मिनेटमा ग्रनाडा दश खेलाडीमा सीमित हुन पुग्यो । जर्मन डिफेन्डर साञ्चेजले मेस्सीलाई लडाउँदा दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि ग्रनाडा दश खेलाडीमा सीमित हुन पुग्यो । साञ्चेज बाहिरिएको सातौं मिनेटमा बार्सिलोनाले मेस्सीको गोलमा १–० को अग्रता लियो ।
जितसँगै बार्सिलोनाले २० खेलबाट ४३ अङ्कसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । त्यत्तिकै खेलबाट रियल मड्रिडले ४३ अङ्क बटुलेपनि गोल अन्तरको आधारमा ऊ तालिकाको दोस्रो स्थानमा झरेको छ ।