logo
२०८१ मंसिर ८ शनिवार



दक्षिण अफ्रिका विरुद्ध जित नजिक इंग्ल्याण्ड

खेलकुद |


दक्षिण अफ्रिका विरुद्ध जित नजिक इंग्ल्याण्ड


एजेन्सी
काठमाडौं, माघ ६ गते । दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट खेलमा इंग्ल्याण्ड जित नजिक पुगेको छ । पहिलो पारीमा २९० रनले पछाडि परेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो पारीमा गतिलो प्रदर्शन गर्न नसकेपछि इंग्ल्याण्ड भारी अन्तरले जित हात पार्ने सम्भावना बढेको छ ।
दक्षिण अफ्रिकाले खेलको पाँचौं दिन आफ्नो दोस्रो पारी छ विकेटको क्षतिमा १०२ रनबाट अगाडि बढाउनेछ । ऊ पहिलो पारीमा १८८ रनले पछाडि परेको छ भने चार विकेट मात्रै बाँकी रहेको छ । दक्षिण अफ्रिकाका लागि केशव महाराजले पाँच र वर्णोन फिलन्डरले १३ रनबाट दिनको खेल अगाडि बढाउनुहुनेछ ।
कप्तान फाफ डु प्लेसिस ३६ रन बनाउनु भयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । दक्षिण अफ्रिकी पारी ध्वस्त पार्न इंग्ल्याण्डका जोए रुटले सर्वाधिक चार तथा मार्क ऊडले दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारी ९ विकेटको क्षतिमा ४९९ रनमा घोषणा गरेको थियो । इंग्ल्याण्डलाई बलियो स्थितिमा पुर्याउन बेन्न स्टोक्सले १२० तथा ओलै पोपले अविजित १३५ रनको योगदान दिनुभयो । जवाबमा दक्षिण अफ्रिका आफ्नो पहिलो पारीमा मात्र २०९ रनमा समेटिन पुग्यो । कप्तान क्विन्टन डे ककले सर्वाधिक ६३ रन बनाउनुभयो ।
इंग्ल्याण्डका लागि डोम बेस्सले सर्वाधिक पाँच विकेट लिनुभयो ।
चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीको स्थितिमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?