logo
२०८१ मंसिर ८ शनिवार



इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिका पारी अन्तरले पराजित

खेलकुद |


इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिका पारी अन्तरले पराजित


एजेन्सी
काठमाडौं, माघ ६ गते । दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट खेलमा इंग्ल्याण्ड एक पारी र ५३ रनको अन्तरले जित हात पारेको छ । पहिलो पारीमा २९० रनले पछाडि परेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो पारीमा मात्र २३७ रन जोड्न सकेपछि ऊ पारी अन्तरको हार बेहोरेको हो ।
दक्षिण अफ्रिकाले खेलको पाँचौं दिन आफ्नो दोस्रो पारीमा २३७ रन जोड्न सक्यो । केशवर महाराजले ७१ रनको पारी खेल्नुभएपनि टोलीलाई ठूलो अन्तरको हारबाट जोगाउन सक्नुभएन । उहाँले जोए रुटको एकै ओभरमा २८ रन बनाएर टेष्ट क्रिकेटमा नयाँ कीर्तिमान समेत बनाउनुभयो । अन्तिम विकेटको रुपमा डेन पाटरसनले ३९ रनमा अविजित रहनुभयो ।
कप्तान फाफ डु प्लेसिस ३६ रन बनाउनु भयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । दक्षिण अफ्रिकी पारी ध्वस्त पार्न इंग्ल्याण्डका जोए रुटले सर्वाधिक चार तथा मार्क ऊडले तीन एवम् स्टुअट ब्रोड र डम बेस्सले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारी ९ विकेटको क्षतिमा ४९९ रनमा घोषणा गरेको थियो । इंग्ल्याण्डलाई बलियो स्थितिमा पुर्याउन बेन्न स्टोक्सले १२० तथा ओलै पोपले अविजित १३५ रनको योगदान दिनुभयो । जवाबमा दक्षिण अफ्रिका आफ्नो पहिलो पारीमा मात्र २०९ रनमा समेटिन पुग्यो । कप्तान क्विन्टन डे ककले सर्वाधिक ६३ रन बनाउनुभयो ।
इंग्ल्याण्डका लागि डोम बेस्सले सर्वाधिक पाँच विकेट लिनुभयो ।
जितसँगै चार म्याचको टेष्ट श्रृखंलामा पाहुना टोली इंग्ल्याण्डले २–१ को अग्रता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?