logo
२०८१ मंसिर ८ शनिवार



तेन्दुलकर र वाल्शले पोन्टिङ्ग र वार्नको टोलीलाई प्रशिक्षण दिने

खेलकुद |


तेन्दुलकर र वाल्शले पोन्टिङ्ग र वार्नको टोलीलाई  प्रशिक्षण दिने


एजेन्सी
काठमाडौं, माघ ७ गते । सचिन तेन्दुलकर र कोर्टनी वाल्शले रिक्की पोन्टिङ्ग र शेन वार्नको टोलीलाई प्रशिक्षण दिनुहुने भएको छ । आगामी फेब्रुअरी ८ मा विश्व क्रिकेटका महान ब्याट्सम्यान रिक्की पोन्टिङ्ग र बलर शेन वार्नले दुई टोलीको नेतृत्व गर्दै मेलबर्नमा उत्रिनेछन् ।
डढेलोको प्रकोपबाट प्रभाबितहरुको राहतका लागि अष्ट्रेलियाली क्रिकेट बोर्डले ‘च्यारिटि म्याच’ तय गरेको छ । जसमा पोन्टिङ्ग र शेन वार्नले दुई टोलीको नेतृत्व गर्नुहुनेछ । बिग बैश लिगको फाइनल ८ फेब्रुअरीको लागि निर्धारण गरिएको छ । उक्त दिन नै फाइनल अघि दुबै टोलीले ‘च्यारिटि म्याच’ खेल्नेछ ।
‘च्यारिटि म्याच’मा पोन्टिङ्गसँगै देवीड वार्नर, जस्टिन लैंगर, एडम गिलक्रिष्ट, ब्रेट ली, शेन वाटसन, अलेक्स ब्लैकवेल र माइकल क्लार्कले सहभागी हुने सुनिश्चित गर्नुभएको छ । क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्टले सचिन र कोर्टनीलाई स्वागत् गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनुहुँदै उहाँ दुबैजनाको उपस्थितिले उक्त दिनलाई विशेष बनाउने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?