logo
२०८१ मंसिर ८ शनिवार



त्रिदेशीय क्रिकेट श्रृखंलाको लागि अमेरिकी टोलीको घोषणा

खेलकुद |


त्रिदेशीय क्रिकेट श्रृखंलाको लागि अमेरिकी टोलीको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । अमेरिकी क्रिकेट व्यवस्थापनले नेपालमा आगामी महिना हुने त्रिकोणात्मक श्रृखंलाका लागि टोलीको घोषणा गरेको छ । अमेरिकी क्रिकेटले घोषणा गरेको टोलीमा कुनै नयाँ अनुहार थपिएको छैन् ।
सौरभ नेत्रवाल्करको नेतृत्वमा हुने टोलीमा स्टिभ टेलर, करिमा गोर, इयन होल्याण्ड, अक्षय होमराज, एल्मर हयाचिन्सन, आरन जोन्स, नस्थस केञ्जी, जेभियर मार्शल, मोनङ्क पटेल, निसर्ग पटेल, कम्यारुन स्टिभन्सन र रस्टी थेरन अटाएका छन् ।
काठमाडौं उत्रिनु अघि अमेरिकी क्रिकेट टोलीले भारतमा अभ्यास म्याचहरु खेल्नेछन् । नेपाल भ्रमण पूर्व अभ्यासको लागि भारतको मुम्बईमा मुम्बई एलेभन विरुद्ध अमेरिकी टोली जनवरी २५ तारेखदेखि तीन म्याच खेल्नेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट संघले अमेरिकी अभ्यास खेलको प्रवद्र्धन गर्ने क्रिकेट अमेरिकाले जनाएको छ ।
अमेरिका, ओमान सम्मिलित त्रिदेशीय एकदिवसिय श्रृखंला फेब्रुअरी ४ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा खेलाइनेछ । प्रत्येक टोलीले एक अर्का विरुद्ध दुई दुई म्याच खेल्नेछन् ।
अमेरिकाले पहिलो खेलमा ओमान विरुद्ध फेब्रुअरी छ का दिन कीर्तिपुर मैदानमा उत्रिनेछ । ८ फेब्रुअरीमा उसले आफ्नो दोस्रो खेलमा नेपालको सामना गर्नेछ । ११ फेब्रअुरीमा ओमान तथा १२ फेब्रुअरीमा नेपालको सामना गर्ने तालिका छ ।
विश्व क्रिकेट लिग डिभिजन २ को तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । उसले आफ्नो ८ खेलमध्ये छमा जित हात पारेको छ । स्कटल्याण्ड, नामीबिया र ओमानले आठ खेलमध्ये चारमा जित हात पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?