एजेन्सी
काठमाडौं, माघ ७ गते । भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंलाबाट बाहिरिनुभएको छ । काँधमा आएको चोटको कारण उहाँ न्युजिल्याण्ड भ्रमणमा सहभागी हुनुभएको छैन् ।
अष्ट्रेलिया विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेलको क्रममा धवन चोटग्रस्त बनेपछि मैदानबाट बाहिरिनुभएको थियो । भारतीय क्रिकेट टोली सोमबार अकल्याण्डको लागि प्रस्थान गरेको छ । शिखर धवन भने उक्त टोलीमा सहभागी हुनुभएन । भारतीय बोर्डले उहाँको स्थानमा आउने अर्को खेलाडीको चयन समेत गरिसकेको छैन् ।
जनवरी २४ देखि भारतले न्युजिल्याण्ड विरुद्धको पाँच टी ट्वान्टीको श्रृखंलाको पहिलो म्याच खेल्नेछ । शिखर धवन खेल्न नसक्ने अवस्था आए सञ्जु सैम्सन, पृथ्वी शाह र मयन्क अग्रवालमध्ये कुनै एक ब्याट्सम्यानले न्युजिल्याण्ड विरुद्ध अवसर पाउनेछन् ।