logo
२०८१ मंसिर ८ शनिवार



दोस्रो अभ्यास खेलमा क्यान एघारबाट मलेसिया पराजित

खेलकुद |


दोस्रो अभ्यास खेलमा क्यान एघारबाट मलेसिया पराजित
तस्विर – विकेट नेपाल


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । नेपालको क्यान एघारले काठमाडौंमा सम्पन्न एकदिवसिय क्रिकेटको दोस्रो अभ्यास खेलमा मलेसियाको सेक्रेटरी एघारलाई १७० रनको विशाल अन्तरले हराएको छ । पहिलो अभ्यास खेलमा पनि नेपालले मलेसियामाथि सहज जित हात पारेको थियो ।
पोखरा रङ्गशालामा नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य पछ्याउँदै मलेसियाले २८.४ ओभरमा मात्र १२० रनमा समेटियो । मलेसियाका लागि ओपनर भूषण साभेले २४ तथा सैयद अजिजले बनाउनुभएको २८ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । नेपालका लागि किशोर महतोले उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिनुभयो । उहाँले सात ओभर चार बलमा मात्र २० रन खर्चेर तीन विकेट लिनुभयो । ललित राजवंशीले तीन तथा सुशन भारीले दुई र कमल सिंह ऐरी तथा पवन सर्राफले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको नेपालले पुरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रनको सम्मानजनक योगफल तयार गरेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले अद्र्धशतकीय पारी खेल्नुभयो । दुबैजना रिटायर्ड आउट भए । ओपनर सुनिल धमलाले २४ तथा सुवास खकुरेलले ४८ रनको योगदान दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?