एजेन्सी
काठमाडौं, माघ ८ गते । ओमानले नेपालमा माघ अन्तिम साता सुरु हुने त्रिदेशीय एकदिवसीय श्रृखंलाका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । जीशन मक्सुदको नेतृत्वमा घोषित टोलीका सदस्यहरु पुरानै अनुहार छन् ।
गत् डिसेम्बरमा यू ए ई र नामीबिया सम्मिलित त्रिदेशीय श्रृखंलामा सहभागी जनाएकै खेलाडीहरु टोलीमा स्थान बनाएका छन् । क्रिकेट ओमानले श्रीलङ्काली प्रशिक्षक दुलीप मेन्डिसले बुधबार टोलीको टुंगो लगाउनुभएको जनाएको छ ।
ओमानले श्रृखंलाको पहिलो खेल अन्तगर्त फेब्रुअरी पाँच तारेखमा नेपाल विरुद्ध खेल्नेछ । टोलीका उपकप्तानको रुपमा अकीब इलियास तथा सदस्यहरुमा जतिन्दर सिंह, खावर अलि, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसीम, सन्दीप गौड, मुहम्मद नदीम, जय ओडेड्रा, बादल सिंह, अहमद फयाज बट्ट, कलीमूल्लाह र बिलाल खान अटाएका छन् ।