logo
२०८१ मंसिर ८ शनिवार



पाँचवर्षमा श्रीलङ्काको ब्याट्सम्यानबाट पहिलो दोहोरा शतक

खेलकुद |


पाँचवर्षमा श्रीलङ्काको ब्याट्सम्यानबाट पहिलो दोहोरा शतक


एजेन्सी
काठमाडौं, माघ ९ गते । जिम्बाबवे विरुद्धको पहिलो टेष्ट खेलमा श्रीलङ्काली ब्याट्सम्यान एन्जेलो म्याथ्युजले दोहोरा शतक लगाउनुभएको छ । उहाँको दोहोरा शतकमा घरेलु टोली विरुद्ध श्रीलङ्काले १५७ रनको अग्रता लिएको छ ।
जवाबमा खेलको पाँचौं दिन जिम्बाबवेले आफ्नो दोस्रो पारीमा कमजोर सुरुवात गरेको छ । उसले ६२ रन जोडदा तीन विकेट गुमाएको छ । पहिलो पारीमा ऊ अझै ९५ रनले पछाडि रहेको छ । यद्दपी उसको सात विकेट भने बाँकी रहेको छ । जिम्बाबवेका लागि ब्रेन्डन टेलर र सिन विलियम्स क्रिजमा ब्याटिङ्ग गर्दैछन् ।
श्रीलङ्काका लागि सुरङ्गा लकमले तीन विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको जिम्बाबवेले आफ्नो पहिलो पारीमा ३५८ रनको औसत योगफल तयार गरेको थियो । ओपनर प्रिन्स मस्भौरे र केभिन कसुजाले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाउनुभयो । मस्भौरेले ५५ तथा कसुजाले ६३ रनको योगदान दिनुभयो । क्रेग अर्वाइनले ८५ तथा सिकन्दर राजाले ४१ र डोनाल्ड ट्रिपानोले ४४ रन बनाएपछि उसले औसत योगफल तयार गर्न सफल भयो । श्रीलङ्काका लागि लासिथ इम्बुलदेनियाले सर्वाधिक पाँच तथा सुरङ्गा लकमले तीन र लहिरु कुमाराले दुई विकेट लिनुभयो ।
जवाबमा श्रीलङ्काले एन्जेलो म्याथ्युजको अविजित २०० रनको सहयोगमा पहिलो पारी ९ विकेटको क्षतिमा ५१५ रनमा घोषित गर्यो । म्याथ्युजले लगाउनुभएको दोहोरा शतक श्रीलङ्काका लागि टेष्ट खेलमा पछिल्लो पाँच वर्षमा लगाइएको यो पहिलो दोहोरा शतक हो । ३२ रनमै पहिलो विकेट गुमाएर कममजोर सुरुवात गरेको श्रीलङ्काको पारीमा कुशल मेन्डिसले ८० तथा धनञ्जय डी सिल्भाले ६३ र निरोशन डिकवेलाले ६३ रनको योगदान गरेर महत्वपूर्ण बढ्दा दिलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?