logo
२०८१ मंसिर ८ शनिवार



श्रीलङ्कालाई हराउने जिम्बाबवेलाई अवसर

खेलकुद |


श्रीलङ्कालाई हराउने जिम्बाबवेलाई अवसर


एजेन्सी
काठमाडौं, माघ १६ गते । जिम्बाबवेले श्रीलङ्का विरुद्धको दोस्रो टेष्ट खेलको पहिलो पारीमा ११३ रनको अग्रता लिएको छ । जिम्बाबवेले आफ्नो पहिलो पारीमा ४०६ रन बनाएकोमा श्रीलङ्कालाई उसले मात्र २९३ रनमा सीमित गर्न सफल भयो ।
जवाबमा खेलको चौथो दिन आफ्नो दोस्रो पारी सुरु गरेको जिम्बाबवेले दुई विकेटको क्षतिमा ८१ रन जोडेको छ । श्रीलङ्काभन्दा ऊ १९४ रनले अगाडि रहेको छ । जिम्बाबवेका लागि ब्रान्डन टेलरले १४ तथा प्रिन्स मसभौरेले २८ रन बनाएर ब्याटिङ्ग गर्नुभएको छ । श्रीलङ्काका लागि भिष्वा फर्नान्डो र लासिथ इम्बुलदेनियाँले सामान एक एक विकेट लिनुभयो ।
यसअघि कप्तान सीन विलियम्सको शतक तथा ब्रान्डन टेलर र सिकन्दर राजाको अद्र्धशतकीय पारीको सहयोगमा जिम्बाबवेले पहिलो पारीमा ४०६ रनको योगफल तयार गरेको थियो ।
श्रीलङ्काका लागि एन्जेलो म्याथ्युजको ६४ तथा ओपनरद्वय दिमुथ करुणारत्ने र ओशादा फर्नान्डोले सामान ४४/४४ रनको योगदान गर्दा ऊ २९३ रनको योगफलसम्म पुग्न सक्यो । श्रीलङ्कालाई सस्तोमै समेटन जिम्बाबवेका लागि सिकन्दर राजाले सर्वाधिक सात विकेट लिनुभयो । कार्ल मुम्बा, डोनाल्ड ट्रिपानो तथा टिनोटेन्डा मुटोम्बोजीले सामान एक एक विकेट लिनुभयो ।
दुई म्याचको श्रृखंलामा पहिलो खेल जितेर श्रीलङ्का १–० को अग्रता लिँदा जिम्बाबवेले घरेलु मैदानमा श्रृखंला जोगाउन दोस्रो खेलमा श्रीलङ्कामाथि जित हात पार्नैपर्ने बाध्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?