logo
२०८१ मंसिर ८ शनिवार



एकदिवसीय श्रृखंलाका लागि न्युजिल्याण्ड टोलीको घोषणा

खेलकुद |


एकदिवसीय श्रृखंलाका लागि न्युजिल्याण्ड टोलीको घोषणा


एजेन्सी
काठमाडौं, माघ १६ गते । न्युजिल्याण्डले भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाका लागि टोलीको घोषणा गरेको छ । तिब्र गतिका बलर कायल जैमीसन पहिलो पटक टोलीमा स्थानमा बनाउनुभएको छ ।
न्युजिल्याण्ड क्रिकेटले घोषणा गरेको टोलीमा स्कट्ट कजिलैजन र हामिश बेनेटले पनि टोलीमा स्थान पाएका छन् । लुसी फरगुसन घाइते भएपछि अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलामा अटाएका जैमीसन अन्तर्राष्ट्रिय एकदिवसीयमा भने पहिलो पटक स्थान बनाउनुभएको छ । भारत विरुद्धको श्रृखंलाका लागि ट्रेन्ट बौल्ट र म्याट हेनरी उपलब्ध नहुने भएपछि स्कट्ट कजिलैजन र हमिश बेनेटले स्थान पाएका छन् । दुबैजना २०१७ मा न्युजिल्याण्डले आयरल्याण्ड भ्रमण गर्दा एकदिवसीय टोलीमा अटाएका थिए ।
गत् जुलाइ महिनामा विश्वकप क्रिकेट २०१९ को फाइनलपछि न्युजिल्याण्डले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीयमा सहभागी हुँदैछ । हेनरी निकोलासले पुनरागमन भएको छ । अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलामा औंलामा चोट लागेपछि बाहिरिनुभएका टम लाथमलाई पनि टोलीमा पहिलोपटक फित्र्ता बोलाइएका हुन् । उहाँ विकेटकीपर ब्याट्सम्यान हुनुहुन्छ ।
लेगस्पिनर इश सोढीलाई हयामिल्टनमा हुने पहिलो खेलका लागि टोलीमा स्थान दिइएको छ । न्युजिल्याण्डका प्रशिक्षक गैरी स्टिडले टिम सउदीले विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक भारतीय ब्याटिङ्ग क्रमको विरुद्ध बलिङ्गको जिम्मेवारी पाउनुभएको बताउनुभयो ।
केन विलियम्सनको नेतृत्वमा घोषित टोलीका सदस्यहरुमा टम बुन्देल, कोलीन डे ग्राण्डहम, मार्टिन गुप्टिल, जिम्मी निशम, मिसेल सान्टनर र रोस टेलर रहेका छन् । न्युजिल्याण्डले घरेलु मैदानमा आगामी बुधबार भारत विरुद्ध तीन म्याचको एकदिवसीय श्रृखंलाको पहिलो एकदिवसीय खेल्नेछ । 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?