logo
२०८१ मंसिर ८ शनिवार



जिम्बाबवे र श्रीलङ्काबीचको दोस्रो टेष्ट बराबरीमा सम्पन्न

खेलकुद |


जिम्बाबवे र श्रीलङ्काबीचको दोस्रो टेष्ट बराबरीमा सम्पन्न


एजेन्सी
काठमाडौं, माघ १८ गते । श्रीलङ्का र जिम्बाबवेबीचको दोस्रो टेष्ट खेल बराबरीमा टुंगिएको छ । दोस्रो टेष्ट म्याच बराबरीमा सम्पन्न भएसँगै दुई म्याचको श्रृखंला श्रीलङ्काले १–० ले जितेको छ ।
जिम्बाबवेले प्रस्तुत गरेको ३६१ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पाँचौं दिनको खेल सकिदासम्म चीन विकेटको क्षतिमा २०४ रन जोड्दा खेल बराबरीमा टुंगिएको हो । श्रीलङ्काको हार टार्न कुशल मेन्डिसले अविजित रहनुहुँदै ११३ रनको योगदान दिनुभयो । ओपनर ओशादा फर्नान्डोले ४७ तथा दिमुथ करुणारत्नेले १२ रनको योगदान दिनुभयो । दिनेश चन्दीमल १३ रन बनाएर अविजित रहनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको घरेलु टोली जिम्बाबवेले आफ्नो पहिलो पारीमा ४०६ रनको उच्च योगफल तयार गरेको थियो । जिम्बाबवेले कप्तान सीन विलियम्सको शतक तथा सिकन्दर राजाको ७२ तथा ब्रान्डन टेलरको ६२ रनको सहयोगले उच्च योगफल तयार गर्न सफल भयो ।
जवाबमा श्रीलङ्काले एन्जेलो म्याथ्युजको ६४ तथा दिमुत करुणारत्ने र ओशादा फर्नान्डोको सामान ४४÷४४ रनको सहयोगमा २९३ रन बनाएको थियो । पहिलो पारीमा ११३ रनको अग्रता लिएको जिम्बाबवेले आफ्दो दोस्रो पारी सात विकेटको क्षतिमा २४७ रनमा घोषणा गर्दै श्रीलङ्का समक्ष ३६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?