एजेन्सी
काठमाडौं, माघ १८ गते । अमेरिकाको सोफिया केनिनले अष्ट्रेलियन ओपनको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ‘ग्रान्ड स्लाम’ उपाधि हो ।
मेलबर्न पार्कमा शनिबार सम्पन्न उपाधिको होडमा सोफियाले स्पैनकी गर्बिन मुगुरुजालाई हराउनुभयो । केनिनले ४–६ ६–२ ६–२ ले मुगुरुजामाथि जित हात पार्नुभयो । कलिलो उमेरदेखि नै जेहेन्दार रहेकी २१ वर्षीया सोफियाले पाँच वर्षकै उमेरदेखि टेलिभिजन पर्दामा देखापर्दै टेनिसमा ख्याती कमाउन सफल हुनुभएको हो ।
बितेको १२ ‘स्लाम’मध्ये उहाँ पहिलो पटक जित्ने आठौं खेलाडी हुन् । ओपनको उपाधि जितेपछि उहाँले भन्नुभयो, “तपाईले कुनै सपना देख्नुभएको छ भने पछि लाग्नुस – पुरा हुन्छ ।” सन् २००८ मा रुसकी मारिया सारापोभापछि सोफिया केनिन सबैभन्दा कम उमेरमा अष्ट्रेलियन ओपन जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनुभएको छ ।