logo
२०८१ मंसिर ८ शनिवार



न्युजिल्याण्ड विरुद्ध भारतको ‘स्विप’

खेलकुद |


न्युजिल्याण्ड विरुद्ध भारतको ‘स्विप’


एजेन्सी
काठमाडौं, माघ १९ गते । भारतले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला ५–० ले जितेको छ । पाँचौं तथा अन्तिम टी ट्वान्टी खेलमा भारतले सात रनको सामान्य अन्तरको जित हात पारेको हो ।
माउन्ट मनगनुईमा सम्पन्न पाँचौं तथा अन्तिम टी ट्वान्टीमा भारतले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले नौ विकेटको क्षतिमा मात्र १५६ रन जोड्न सक्यो । १७ रनमै तीन विकेट गुमाएको न्युजिल्याण्डको पारीलाई विकेटकीपर ब्याट्सम्यान टिम सैर्फट र रोस टेलरले सम्हाल्नुभयो । दुबैजनाले चौथो विकेटका लागि ९९ रनको उत्कृष्ट साझेदारी गर्दा न्युजिल्याण्ड अन्तिम टी ट्वान्टी जित्ने सम्भावना बढेको थियो । तर ५० रन बनाएर ११६ रनको स्थितिमा सैर्फट पेभेलियन फर्किदा न्युजिल्याण्डले थप १७ रन जोड्न रोस टेलरसहितको पाँच विकेट गुमाउन पुग्यो । र सहज जितको अवस्थाबाट ऊ हारको संघारमा पुग्यो । 
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक तीन तथा नवदीप सैनी र श्रद्धुल ठाकुरले दुई दुई एवम् वाशिंगटन सुन्दरले एक विकेट लिनुभयो । बुमराहले चार ओभरमा मात्रै १२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले पुरा २० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा १६३ रनको औसत योगफल तयार गरेको थियो । आठ रनकै स्थितिमा सञ्जु सैम्सनको रुपमा पहिलो विकेट गुमाएर भारतले कमजोर सुरुवात गर्न पुग्यो । करण लोकेश राहुलले दोस्रो विकेटका लागि रोहित शर्मासँग उत्कृष्ट ८८ रनको साझेदारी गर्नुभयो । नियमित कप्तान विराट कोहलीलाई आराम दिइदा रोहितले ६० रनको उत्कृष्ट पारी खेलेर टोलीलाई औसत योगफलतर्फ अग्रसर गराउनुभयो । राहुलले ४५ रन बनाउनुभयो ।
खेलको म्यान अफ द् म्याच बुमराह घोषित हुनुभयो । म्यान अफ द् सेरिज भने लोकेश राहुल घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?