गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले चौथो जित हात पारेको छ । उसले ब्रिगेड ब्याइजलाई हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा जावलाखेलले ब्रिगेड ब्वाइजमाथि १–० ले जित हात पार्यो । जितसँगै जावलाखेल लिग तालिकाको सातौं स्थानमा उक्लेको छ । जावलाखेलले दश खेलमध्ये चारमा जित हात पारेर १५ अङ्क बटुलेको छ । ब्रिगेड भने दश खेलमध्ये दुईमा जित, तीनमा बराबरी र छ खेलमा हार बेहोर्दै ८ अङ्कसहित तालिकाको एघारौं स्थानमा रहेको छ ।
३२ औं मिनेटमा सुजित बुढाथोकीको गोलबाट जावलाखेलले १–० को अग्रता लियो । ब्रिगेड ब्वाइजका गोलरक्षक विशाल सुनार पोजिसनमा नरहेको अवस्थाको सदुपयोग गर्दै सुजितले गर्नुभएको प्रहार गोलमा परिणत भयो । त्यसअघि विशालले १७ औं मिनेटमा फोडे फोफाना र २० औं मिनेटमा डयाडी वाम्बाको प्रहारलाई विफल तुल्याउँदै गोल हुनबाट जोगाउनुभएको थियो ।