एजेन्सी
काठमाडौं, माघ २१ गते । बिग बैश लिगमा उत्कृष्ट ब्याटिङ्ग गर्नुभएका ब्याट्सम्यान ग्लैन म्याक्सवैलको अष्ट्रेलियाली टोलीमा पुनरागमन गर्नुभएको छ । उहाँलाई दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी र अन्तर्राष्ट्रिय एकदिवसीय टोलीमा फित्र्ता बोलाइएको हो ।
क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणको लागि टी ट्वान्टी र अन्तर्राष्ट्रिय एकदिवसीय टोलीको घोषणा गरेको छ । घोषित दुबै सीमित ओभरको खेलमा म्याक्सवैलको पुनरागमन भएको छ । मेलबर्न स्टार्सका लागि सबैभन्दा बढी रन बनाउनेमध्येका एक मार्कस स्टोनिस भने स्थान पाउन सक्नुभएन । देवीड वार्नर, आरन फिञ्च र स्टिभ स्मिथ तीनजना ब्याट्सम्यानको क्रममा उहाँलाई चयनकत्र्ताले विश्वास गरेनन ।
चयन समितिमा हालै स्थान पाउनुभएका जर्ज बैलीको होबर्ट हुरिकनका लागि खेल्ने मैथ्यु वाडेले पनि टी ट्वान्टीमा स्थान पाउनुभएको छ । मिसेल मार्शको पनि पुनरागमन भएको छ । टी ट्वान्टी टोलीका अन्य सदस्यहरुमा सीन एबोट्ट, आश्टन एगर, एलेक्स केरी, प्याट क्युमिन्स, झ्ये रिचर्डसन, केन रिचर्डसन, मिसेल स्टार्क र एडम जाम्पा अटाएका छन् । आरन फिञ्च दुबै टोलीको नेतृत्व गर्नुहुनेछ ।
त्यसैगरी, एकदिवसीयका लागि भारत भ्रमण गरेको टोलीका सदस्य रहेका आश्टन टर्नर र पिटर हयाण्ड्सकम्ब भने स्थान गुमाएका छन् । मार्नस लबुस्ने यथावत् हुनुहुन्छ । सीन एबोट्टको स्थानमा टोलीमा अटाउनुभएका डी आर्कि शर्ट भने दुबै टोलीमा स्थान पाउनुभएन ।
टोलीका अन्य सदस्यहरुमा आश्टन एगर, अलेक्स केरी, प्याट क्युमिन्स, जोश हयाज्लऊड, मार्नस लबुस्ने, मिसेल मार्श, केन रिचर्डसन, देवीड वार्नर र एडम जाम्पा छन् । अष्ट्रेलियाले यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । जहाँ उसले तीन म्याचको अन्तर्राष्ट्रिय एकदिवसीयर तीन म्याचको टी ट्वान्टी श्रृखंला खेल्नेछन् ।