एजेन्सी
काठमाडौं, माघ २१ गते । न्युजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियम्सन भारत विरुद्धको पहिलो दुई एकदिवसीय खेलबाट बाहिरिनुभएको छ । उहाँको अनुपस्थितिमा टम लाथमले टोलीको नेतृत्व गर्नुहुनेछ ।
न्युजिल्याण्ड क्रिकेट बोर्डले पहिलो दुई एकदिवसीयका लागि टोलीको घोषणा गर्दा विलियम्सनको स्थानमा मार्क च्यापमन टोलीमा समावेश गरिएका छन् । एक्स रे रिर्पोटले गम्भिर प्रकृतिको चोट नलागेको देखाएपनि उहाँलाई आराम दिइएको छ । फेब्रुअरी ११ तारेखका दिन तेस्रो एकदिवसीय खेलमा उहाँले पुनरागमन गर्नुहुने बताइएको छ ।
बिगत्मा हङ्कङ्का लागि खेलेका २५ वर्षीय च्यापमन अकल्याण्डको प्रतिनिधित्व गरी न्युजिल्याण्ड ए मा खेल्दा राम्रो प्रदर्शन गर्नुभएको थियो । भारत विरुद्धको तेस्रो टी ट्वान्टी खेलमा घाइते हुनपुग्दा विलियम्सन बाँकीको दुई टी ट्वान्टी खेलबाट बाहिरिनुभएको थियो ।