logo
२०८१ मंसिर ८ शनिवार



पाकिस्तानद्वारा भारत समक्ष १७३ रनको लक्ष्य प्रस्तुत

अन्डर १९ विश्वकप

खेलकुद |


पाकिस्तानद्वारा भारत समक्ष १७३ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, माघ २१ गते । पाकिस्तानले १९ वर्ष मुनिका विश्वकप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा भारत समक्ष १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
३४ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको पाकिस्तानको पारीलाई ओपनर हैदर अली र कप्तान समेत रहनुभएका विकेटकीपर ब्याट्सम्यान रोहैल नजिरले ६२ रनको साझेदारी गर्नुभयो । यद्दपी ठूलो योगफलसम्म पुर्याउन सक्नुभए । नजिरले ६२ तथा हैदरले ५६ रनको योगदान दिनुभयो । मोहम्मद हरिसले २१ रन बनाउँदा उसको पारीका सातजना ब्याट्सम्यान दोहोरो योगफल बनाउन नसक्दै ४३.१ ओभरमा १७२ रनमा समेटिन पुग्यो ।
भारतका लागि सुशान्त मिश्रले सर्वाधिक तीन विकेट लिनुभयो । त्यसैगरी, कार्तिक त्यागि र रवि विष्णोइले सामान दुई र अर्थव अन्कोलेकर र यशस्वी जैसवालले सामान एक एक विकेट लिनुभयो । दोस्रो ओभरमै ओपनर मोहम्मद हुरैराको विकेट लिनुभएका मिश्रले डेथ ओभरमा उत्कृष्ट बलिङ्ग गर्दै कम रन खर्चेर थप दुई विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?