logo
२०८१ मंसिर ८ शनिवार



ओमानद्वारा नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


ओमानद्वारा नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २२ गते ।
ओमानले आईसीसी लिग डिभिजन २ प्रतियोगिताको पहिलो खेलमा नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुनै समय ५७ रनमै पाँच विकेट लिएर नेपालले दबाब बनाएपनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नदीमले उत्कृष्ट ब्याटिङ्ग गर्नुहुँदै टोलीलाई औसत योगफलसम्म पुर्याउनुभयो । नदीमले अविजित रहँदै ६९ रनको योगदान दिनुभयो । उहाँले पाँच चौका र दुई छक्का लगाउनुभयो ।
ओमानका लागि सन्दीप गौडले दोस्रो सर्वाधिक ३३ तथा नसिम खुशीले २८ रनको पारी खेल्नुभयो । बिलाल खान नदीमसँगै ८ रन बनाएर अविजित रहनुभयो ।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ्ग गर्नुहुँदै नौ ओभरमा मात्र ४७ रन खर्चेर चार विकेट लिनुभयो । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी हुनुभएका सुशन भारीले १० ओभरको स्पैलमा मात्र १४ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो । दिपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । सन्दीप लामिछानेले दश ओभर बलिङ्ग गरेपनि विकेटविहीन बन्न पुग्नुभयो । पारस खड्काले सात ओभर बलिङ्ग गरेपनि ३० रन खर्चिदा कुनै विकेट हात पार्न सक्नुभएन । अविनाश बोहराले नौ ओभरमा ३८ रन खर्चिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?