logo
२०८१ मंसिर ८ शनिवार



इंग्ल्याण्ड विरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

खेलकुद |


इंग्ल्याण्ड विरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १ गते । दक्षिण अफ्रिकाले इंग्ल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी खेलमा रोमाञ्चक जित हात पारेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १७८ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्ड नौ विकेटको क्षतिमा मात्र १७६ रन जोड्न सकेपछि उसले पहिलो टी ट्वान्टी खेल जितेको हो । अन्तिम १५ बलमा २५ रन आवश्यक छदा इंग्ल्याण्डले पाँच विकेट गुमाएर २३ रन मात्रै जोडन पाउँदा उसले झिनो अन्तरको हार बेहोर्नुपर्यो । अन्तिम ओभरमा मात्र छ रन आवश्यक थियो । दक्षिण अफ्रिकाका लागि लुङिग एनगिदीले मात्र चार रन खर्चेर तीन विकेट लिनुभयो । सहज स्थितिमा रहेको इंग्ल्याण्ड अन्तिम पन्ध्र बलमा पाँच विकेट गुमाएपछि हार बेहोर्न बाध्य भयो । ओपनर जैसन रोयले सर्वाधिक ७० तथा कप्तान इयन मोर्गनले ५२ रनको योगदान दिएपनि जित दिलाउन उहाँहरुको योगदान अपर्याप्त रह्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोली दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेटको क्षतिमा १७७ रनको योगफल तयार गरेको थियो । ओपनर टेम्बा बभुमाले सर्वाधिक ४३ तथा कप्तान क्विन्टन डे ककले ३१ र भान डर दुस्सैनले ३१ रनको योगदान दिनुभयो । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई तथा मोइन अली, टम कर्रन, मार्क ऊड, अदिल रशिद र बेन स्टोकले सामान एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?