logo
२०८१ मंसिर ८ शनिवार



ए डिभिजन लिग उपाधिका लागि भिडन्त

खेलकुद |


ए डिभिजन लिग उपाधिका लागि भिडन्त


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ३ गते । सहिद स्मारक ए डिभिजन लिगको उपाधिको लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र युथ क्लब भिड्दैछन् । दुबै टोलीको भेट शनिबारका लागि तय गरिएको छ ।
दशरथ रङ्गशालामा अपरान्ह दुई बजेदेखि हुने खेल नै ए डिभिजन लिगको जारी संस्करणको अन्तिम खेल हुनेछ । दुबै टोलीका कप्तान एवम् प्रशिक्षकले आ आफ्नै सबल पक्षमाथि जोड दिदै उपाधि उचाल्नेमा विश्वस्त रहेको दाबी गरेका छन् । आर्मीका प्रशिक्षक नविन न्यौपाने हुन् । मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवाल छन् । ‘प्रि म्याच प्रेस कन्फेरेन्स’मा मच्छिन्द्रका कप्तान विराज महर्जन र आर्मीका कप्तान भरत खवासले आ आफ्नो टोलीले उपाधि उचाल्ने दाबी गर्नुभएको छ ।
उपाधिको लागि हुने होडमा आर्मीले मच्छिन्द्रलाई बराबरीमा मात्रै रोके पनि लिगको उपाधि सुनिश्चित गर्नेछ । मच्छिन्द्रले भने जित्नैपर्ने दबाब छ । आर्मीले १२ खेलबाट २९ अङ्क जोडेको छ । दुबै टोलीले १२ खेलमध्ये नौमा जित, दुईमा बराबरी र एउटामा हार बेहोरेको छ । मच्छिन्द्रको भने २८ अङ्क छ । गत् संस्करणमा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको कारण मच्छिन्द्रको एक अङ्क घटाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?