एजेन्सी
काठमाडौं, फागुन ४ गते । कुहिनोको शल्यक्रियाले अष्ट्रेलियाली अलराउण्डर ग्लैन म्याक्सवैल दक्षिण अफ्रिकासँगको अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी श्रृखंलाबाट बाहिरिनुभएको छ । शल्यक्रियापछि उहाँले इन्डियन प्रिमियर लिगको तेह्रौं संस्करणको सुरुको खेल समेत गुमाउनु हुनेछ । म्याक्सवैललाई लिगमा किंग्स एलेभन पञ्जाबले दश करोड ७५ लाखमा खरिद गरेको छ ।
म्याक्सवैलले बुधबार देब्रे कुहिनोका शल्यक्रिया गराउने भएपछि उहाँको स्थानमा टोलीमा डी आर्सी शर्टलाई समावेश गराइएको छ । क्रिकेट अष्ट्रेलियाले उहाँलाई छदेखि आठ साता निको हुन लाग्ने जनाएको छ । फेब्रुअरी २१ देखि अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको एकदिवसीय र टी ट्वान्टीको श्रृखंलाको पहिलो म्याच खेल्नेछन् ।
भारत विरुद्धको श्रृखंलामा टोलीमा स्थान बनाउन नसकेका म्याक्सवैलले बिग बैश लिगमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । अष्ट्रेलियाली क्रिकेट बोर्डले दक्षिण अफ्रिका विरुद्धको श्रृखंलाका लागि बोलाएपनि उहाँ शल्यक्रिया गराउने भएपछि उहाँको स्थानमा शर्टलाई टोलीमा समावेश गरिएको हो ।
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा तीन टी ट्वान्टी र मार्च सातभित्र समयले भ्याए जति अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्नेछन् ।