एजेन्सी
काठमाडौं, फागुन ५ गते । इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा दक्षिण अफ्रिकालाई पाँच विकेटले हराउँदै उसले तीन म्याचको श्रृखंला जितेको हो ।
सेन्चुरियनमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन पाँच बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्याण्डका लागि कप्तान इयन मोर्गनले अविजित रहँदै ५७ रनको योगदान दिनुभयो । उहाँले २२ बलको सामना गर्दै सात छक्का लगाउनुभयो । जोनी बैरिस्टले ६४ तथा ओपनर जोश बटलरले ५७ रन बनाउनुभयो ।
दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिदीले दुई तथा एन्डाइल फेलुक्वायो, तबरेज शम्सी र डवाय्न प्रिटोरियसले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले हेनरी क्लास्सेनले ६६ तथा दैवड मिलर र कप्तान क्विन्टन डे ककको सामान ३५ रनको सहयोगमा २० ओभरमा छ विकेटको क्षतिमा २२२ रनको योगफल तयार गर्यो । ओपनर टेम्बा बभुनाले ४९ रन बनाउनुभयो । इंग्ल्याण्डका लागि टम कर्रन र बेन्न स्टोक्सले सामान दुई दुई तथा मार्क ऊड र अदिल राशिदले एक एक विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच तथा म्यान अफ द् सेरिज इयन मोर्गन घोषित हुनुभयो ।