logo
२०८१ मंसिर ८ शनिवार



भारत विरुद्धको टेष्टका लागि न्युजिल्याण्ड टोलीको घोषणा

खेलकुद |


भारत विरुद्धको टेष्टका लागि न्युजिल्याण्ड टोलीको घोषणा


एजेन्सी
काठमाडौं, फागुन ५ गते । भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृखंलाका लागि न्युजिल्याण्डले टोलीको घोषणा गरेको छ । टोलीमा अजाज पटेल एक मात्र स्पिनरलाई स्थान दिइएको छ ।
लुसी फरगुसन घाइते भएपछि गत् वर्ष अष्ट्रेलिया विरुद्धको श्रृखंलामा टिममा स्थान बनाउनुभएका कायल जेमीसन भारतसँगको श्रृखंलामा वापसी गर्नुभएको छ । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुभएका अलराउण्डर डेरिल मिसेल समेत टोलीमा स्थान बनाउन सफल हुनुभएको छ । ट्रेन्ट बौल्ट, टिम साऊदी र नैल वाग्नरपछि जेमीसन कप्तान केन विलियम्सनको प्राथमिकताका रोजाइ हुन् । मेलबर्नमा अष्ट्रेलिया विरुद्ध औंलामा चोट लागेपछि बौल्ट पहिलोपटक टोलीमा फित्र्ता बोलाइएका हुन् ।
घरेलु प्रतियोगितामा चोट लागेर घाइते भएपछि आराममा रहेका म्याट हेनरी र लुसी फरगुसनको पनि पुनरागमन भएको छ । तर टिम व्यवस्थापनले हेनरीको स्थानमा जेमीसनले स्थान दिएको छ ।
अजाज पटेल भने न्युजिल्याण्डले अगस्ट २०१९ मा श्रीलङ्का भ्रमण गर्दा पछिल्लोपटक टोलीमा अटाउनुभएको थियो । तर स्पिनरलाई विशेष प्राथमिकतामा नराखेको न्युजिल्याण्डले मिसेल शान्टनरलाई मात्रै टोलीमा स्थान दिदै आएको थियो । शान्टनरले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपछि पटेललाई उहाँको स्थानमा टोलीमा स्थान दिइएको छ ।
कप्तान केन विलियम्सनको नेतृत्वमा घोषित टोलीका सदस्यहरुमा टम ब्ल्न्डेल, कलिन डे ग्राण्डहम, टम लाथम, डेरिल मिसेल, हेनरी निकालास, टिम साऊदी, रोस टेलर र बिजे वाटलिङ्ग रहेका छन् ।
न्युजिल्याण्डले घरेलु मैदानमा भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट शुक्रबारदेखि वेलिंगटनमा खेल्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?