logo
२०८१ मंसिर ८ शनिवार



लिभरपुल च्याम्पियन्स लिगको आगामी संस्करणको लागि छनोट

खेलकुद |


लिभरपुल च्याम्पियन्स लिगको आगामी संस्करणको लागि छनोट


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ६ गते । च्याम्पियन्स लिगको यस संस्करणको नक आउट चरण सुरु भइसकेको छैन् । तर लिभरपुल आगामी वर्षको च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।
म्यान्चेष्टर यूनाइटेडको चेल्सीमाथिको जितले प्रिमियर लिगको शिर्ष स्थानको लिभरपुललाई शिर्ष चारमा रहने सुनिश्चित गरेको छ । जर्जन क्लपको लिभरपुल पाँचौं स्थानको टटनहमबाट ३६ अङ्कको स्पष्ट अग्रता लिएको छ । १२ खेल अझै खेल्न बाँकी छ । आगामी सबै खेलमा हार बेहोरेपनि लिभरपुल शिर्ष चारमा रहने सुनिश्चित भइसकेको छ ।
चौथो स्थानको चेल्सीले अबको सबै खेलमा जिते र लिभरपुलले सबैमा हार बेहोरेपनि लिभरपुल चेल्सीभन्दा अङ्कतालिकामा माथि नै रहनेछ । चेल्सीले सबैमा जित हात पारे उसको अङ्क ७४ पुग्नेछ । लिभरपुल ७६ अङ्कसहित अहिले शिर्ष स्थानमा छन् ।
लिभरपुल यसअघिको दुबै च्याम्पियन्स लिग संस्करणको फाइनलसम्म पुगेको छ । लिभरपुल यूरोपेली फुटबलको शिर्ष लिगको २०२०/२०२१ संस्करणमा स्थान सुनिश्चित गर्ने यूरोपको पहिलो टोली समेत बनेको छ । म्यान्चेष्टर सिटी भने च्याम्पियन्स लिगको आगामी संस्करणबाट प्रतिबन्धमा पर्नुले प्रिमियर लिगमा पाँचौं हुने टोलीले आगामी संस्करणको लागि छनोट हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?