गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ७ गते । तिब्र गतिका बलर म्याट हेनरी न्युजिल्याण्ड क्रिकेट टोलीमा बोलाइएका छन् । उहाँलाई नैल वाग्नरको प्रतिस्थापनमा बोलाइएको हो ।
न्युजिल्याण्ड क्रिकेटले ट्वीट गर्दै हेनरी बुधबार वेलिंगटन पुग्नुहुने जनाएको छ । शुक्रबार भारत विरुद्धको टेष्ट श्रृखंलाको पहिलो म्याच हुँदैछ । वाग्नर र उहाँकी श्रीमति आफ्नो पहिलो सन्तानको जन्मको प्रतिक्षामा रहेकोले शुक्रबारदेखि सुरु हुने पहिलो टेष्ट खेलमा सहभागी नहुने जनाइएको छ ।
हेनरीले ट्रेन्ट बौल्ट, टिम साऊदी र काइल जैमीसनको तिकडीसँगै बलिङ्ग आक्रमणमा सहभागी हुनेछन् । लुसी फरगुसन पनि टोलीमा स्थान पाउने अपेक्षा गरिएपनि घरेलु फोर्ड ट्रफी प्रतियोगिताबाट म्याट हेनरीलाई बोलाइएको हो ।