logo
२०८१ मंसिर ८ शनिवार



लेपजिगबाट टटनहम स्तब्ध, एटलान्टाको भ्यालेन्सियामाथि फराकिलो जित

खेलकुद |


लेपजिगबाट टटनहम स्तब्ध, एटलान्टाको भ्यालेन्सियामाथि फराकिलो जित


एजेन्सी
काठमाडौं, फागुन ८ गते । घरेलु मैदानमा आरबी लेपजिगसँग हार बेहोर्दा टटनहम हर्टसपरलाई च्याम्पियन्स लिगको आगामी यात्रा कठीन भएको छ । च्याम्पियन्स लिगको राउण्ड अफ १६ अन्तगर्त पहिलो लिगमा टटनहमलाई उसकै घरेलु मैदानमा लेपजिगले १–० ले हराएको हो ।
लेपजिगले खेलको दोस्रो हाफमा गोल गरेको थियो । लेपजिगका लागि टिमो वेर्नरले पेनाल्टीमा गोल गर्नुहुँदै टटनहममाथिको जित सुनिश्चित गर्नुभयो । ५८ औं मिनेटमा डिफेन्डर बेन डेभिसले मीडफिल्डर कोन्नाड लाइमेरलाई लडाएपछि लेपजिगले पेनाल्टीको अवसर पाएको थियो ।
बुधबार राति नै सम्पन्न दोस्रो खेलमा एटलान्टाले भ्यालेन्सियामाथि ४–१ को जित हात पार्यो । खेलको १६ औं मिनेटमा हान्स हाटेबोरले गोल गर्दै एटलान्टालाई १–० को अग्रता दिलाउनुभयो । ४२ औं मिनेटमा जोसिप इलिचिचले अग्रता दोब्बर पार्नुभयो ।
दोस्रो हाफमा एटलान्टाले लगातार दुई गोल थप्दा भ्यालेन्सिया नीरिह बनेको थियो । ५७ औं मिनेटमा रिमो फयुलेर र ६२ औं मिनेटमा हाटेबोरले व्यक्तिगत् दोस्रो गोल गर्दा एटलान्टाको अग्रता ४–० भयो । भ्यालेन्सियाले ६६ औं मिनेटमा गोल फर्काएपछि खेलमा पुनरागमन गर्न उसले निकै अबेर गरिसकेको थियो । उक्त गोल शान्त्वनामै सीमित रहन गयो । भ्यालेन्सियाका लागि डेनिस चेरेभेसले गोल गर्नुभयो । दुबै खेलको दोस्रो लिग मार्च १० मा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?