logo
२०८१ मंसिर ८ शनिवार



देब्रे हातका भारतीय स्पिनर प्रज्ञान ओझाद्वारा सन्यासको घोषणा

खेलकुद |


देब्रे हातका भारतीय स्पिनर प्रज्ञान ओझाद्वारा सन्यासको घोषणा


एजेन्सी
काठमाडौं, फागुन ९ गते । भारतीय क्रिकेट टोलीका देब्रे हातका स्पिनर प्रज्ञान ओझाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँ पहिलो श्रेणिको क्रिकेटबाट समेत सन्यासको घोषणा गर्नुभएको हो ।
उहाँले ट्वीटरमा शुक्रबार लेख्नुभएको छ, “यहाँसम्मको स्थितिमा ल्याउन सहयोग र प्रोत्साहन गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौं, अब जिवनको अर्को चरणमा जाने समय आएको छ ।” प्रज्ञान ओझाले भारतको प्रतिनिधित्व गर्दै ४८ अन्तर्राष्ट्रिय सहभागिता जनाउनुभएको छ । उहाँले सन् २००८ देखि २०१३ सम्मको अवधिमा २४ टेष्ट, १८ अन्तर्राष्ट्रिय एकदिवसीय र छ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ ।
उहाँले अन्तिम सन् २०१३ मा वेष्टइन्डिज विरुद्ध टेष्ट म्याचमा सहभागी हुनुभएको थियो । जुन सचिन तेन्दुलकरको विदाइको म्याच पनि थियो । जसमा उहाँले ८९ रन खर्चेर दश विकेट लिएर म्यान अफ द् घोषित हुनुभयो । समग्रमा उहाँले ११३ टेष्ट विकेट लिनुभएको छ । प्रज्ञान ओझाले १८ अन्तर्राष्ट्रिय एकदिवसीयमा २१ विकेट र १० विकेट टी ट्वान्टी खेलमा लिनुभएको छ ।
इन्डियन प्रिमियर लिगमा उहाँले २००८ देखि २०११ सम्म डेक्कन चार्जर हैदराबादको प्रतिनिधित्व गर्नुभयो । जसमा उहाँले १८ विकेट लिएर हैदराबादलाई पहिलो पटक सन् २००९ मा आइपीएलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?