logo
२०८१ मंसिर ८ शनिवार



‘डेब्यु’ खेलमै जमीन्सनको उत्कृष्ट बलिङ, भारतको कमजोर प्रदर्शन

खेलकुद |


‘डेब्यु’ खेलमै जमीन्सनको उत्कृष्ट बलिङ, भारतको कमजोर प्रदर्शन


एजेन्सी
काठमाडौं, फागुन ९ गते । न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा भारतले कमजोर प्रदर्शन गरेको छ । दिनको खेल सकिदासम्म उसले पाँच विकेटको क्षतिमा मात्र १२२ रन जोड्न सकेको छ ।
वर्षाले प्रभावित खेलको पहिलो दिन मात्र ५५ ओभरको खेल सम्भव भएको छ । दोस्रो दिनको खेललाई अजिन्क्यै रहानले ३८ तथा ऋषभ पन्तले दश रनको व्यक्तिगत् योगफलबाट अगाडि बढाउनुहुनेछ । ४० रनमै तीन विकेट गुमाएको भारतीय पारीलाई मयन्क अग्रवालले हनुमा बिहारीसँग चौथो विकेटका लागि लामो साझेदारीको प्रयास गर्नुभयो । तर मयन्कको रुपमा ८८ रनमा भारतले चौथो विकेट गुमाएपछि दिनको खेल सकिदासम्म उसले पाँच विकेट गुमाउन पुगेको हो । अग्रवाल ३४ रन बनाएर पेभेलियन फर्किनुभयो ।
न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक तीन विकेट लिनुभयो । उहाँले चेतेश्वर पूजारा, विराट कोहली र बिहारीको विकेट लिनुभयो । जमीन्सन क्रिकेटको टेष्ट स्वरुपमा पहिलो म्याच खेल्दै हुनुहुन्छ । टिम साउदीले ओपनर पृथ्वी शाहलाई र ट्रेन्ट बौल्टले अग्रवालको विकेट हात पार्नुभयो । वेलिंगटनमा भारतले टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको थियो । न्युजिल्याण्ड भ्रमणको क्रममा भारतले दुई टेष्ट म्याचको श्रृखंला खेल्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?