logo
२०८१ मंसिर ८ शनिवार



भारत विरुद्ध न्युजिल्याण्डलाई ५१ रनको अग्रता

खेलकुद |


भारत विरुद्ध न्युजिल्याण्डलाई ५१ रनको अग्रता


एजेन्सी
काठमाडौं, फागुन १० गते । न्युजिल्याण्डले भारत विरुद्धको दोस्रो टेष्टमा ५१ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदासम्म उसले पाँच विकेटको क्षतिमा २१६ रन जोडेको छ । भारतले आफ्नो पहिलो पारीमा १६५ रन बनाएको छ ।
आइतबार तेस्रो दिनको खेल बिजे वाटलिङ्ले १४ तथा कलिन डे ग्राण्डहमले चार रनको व्यक्तिगत् योगफलबाट अगाडि बढाउनुहुनेछ । कप्तान केन विलियम्सनले ८९ तथा रोस टेलरले ४४ रनको योगदान दिएपछि घरेलु टोलीले महत्वपूर्ण बढ्त बनाउन सफल भयो । भारतका लागि इशान्त शर्माले तीन तथा मोहम्मद सामी र रबिचन्द्रन अश्विनले सामान एक एक विकेट लिनुभयो ।
यसअघि पाँच विकेटको क्षतिमा १२२ रनबाट दोस्रो दिनको खेल अगाडि बढाएको भारतले थप ४३ रन जोड्दै १६५ रनको झिनो योगफलमा समेटिन पुग्यो । उसलाई सस्तोमै समेटन कायल जमीन्सन र टीम साउदीले सामान चार चार विकेट लिनुभयो । ट्रेन्ट बौल्टले एक विकेट लिनुभयो ।
दुई म्याचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट खेलमा न्युजिल्याण्डले टस जितेर पाहुना टोली भारतलाई पहिला ब्याटिङ् गर्न निम्ता दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?