logo
२०८१ मंसिर ८ शनिवार



सताक्षी गोल्डकपको उपाधि जित्ने मच्छिन्द्र र थ्री स्टारको आ आफ्नै दाबी

खेलकुद |


सताक्षी गोल्डकपको उपाधि जित्ने मच्छिन्द्र र थ्री स्टारको आ आफ्नै दाबी


लीलाराज झापाली
बिर्तामोड, फागुन १० गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको उपाधि रक्षाका लागि लिग बिजेता सानमिगल मच्छिन्द्र क्लव र रुस्लान थ्री स्टार क्लवले आआफ्नो दावी प्रस्तुत गरेका छन ।
प्रतियोगिताको आइतबार हुने फाइनल खेलको थप तयारीका वारेमा जानकारी दिने उद्धेश्यले आयोजित प्रि प्रेस म्याच कन्फरेन्समा बोल्दै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल तथा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिग पछिको पहिलो गोल्डकप भएकोले पनि आफुहरु कुनैपनि हालतमा बोहोनी नर्बिगार्ने पक्षमा रहेको दावी पेश गर्नुभयो ।
गोल्डकप प्रतियोगिता लिगको जस्तो सहज नभएकोले आफुहरु ९० मिनेटभित्रै जित निकाल्न आतुर रहेको उहाँहरुले दाबी गर्नुभयो । प्राविधिक रुपमा लिगमा थ्री स्टार क्लव चौथो भएपनि थ्री स्टारलाई कम नआक्ने मच्छिन्द्रका प्रशिक्षक कटुवालको भनाई थियो । खेलमा देबेन्द्र तामाङ्ग र सुजल श्रेष्ठपनि चोटमुक्त भइसकेकोले डिफेन्स लाईन र फरवर्ड लाइन दुबैमा टिम सशक्त भएर खेल्ने मच्छिन्द्रका कप्तान विराज मर्हजनको भनाई थियो । तर टिममा बेन्चको खेलाडीको भने कमी रहेको र खेलको बीचमा कोहि खेलाडी घाइते बनेमा भने समस्या हुनसक्ने मर्हजनले बताउनुभयो । ए डिभिजन लिग बिजेता टिम भएकोले समेत हल्का टिमलाई जित्नैपर्ने थप दवाव भएपनि त्यस चुनौतीको सामना गर्न टिम तयार भएको महर्जनले बताउनुभयो ।
यता थ्री स्टारका प्रशिक्षक केसीले पहिलो पटक सताक्षी गोल्डकपमा सहभागिता जनाइरहेको भन्दै उपाधि जितेरै यो सिजनको सुरुवात गर्ने लक्ष्य राखेको बताउनुभयो । जितको लागि एक खेल मात्रै बाँकी रहेको भन्दै केसीले सन्तलित टोलीसँगै देशभर आफ्नै फुटबलका समर्थक रहेकोले प्रशंसकका लागि पनि राम्रो फुटबल खेल्न बाध्यता रहेको बताउनुभयो ।
थ्री स्टारका कप्तान बिक्रम लामाले आफुहरुले सेट टिम र बेन्चपनि सशक्त भएकोले कुनैपनि वेला समस्यामा नआउने बताउनुभयो ।
प्रतियोगितामा थ्री स्टारले बेलवारी फुटबल क्लव मोरङ्ग र आयोजकलाई हराउदै फाइनलको यात्रा तय गरेको हो भने मच्छिन्द्रले गोर्खा बोइज रुपन्देही र त्रिभुवन आर्मीको चुनौती पार गर्दै फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको बिजयी र उपबिजयी हुने टिमले ६ लाख र ३ लाख रुपियाँ पाउनेछन् । सताक्षी गोल्डकपको पहिलो संकरण नेपाल पुलिस र दोस्रो संकरण त्रिभुवन आर्मीले जितेको थियो । तेस्रो संकरण नयाँ टिमले जित्ने पक्का भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?