logo
२०८१ मंसिर ८ शनिवार



अन्तिम ओभरमा श्रीलङ्काको रोमाञ्चक जित

खेलकुद |


अन्तिम ओभरमा श्रीलङ्काको रोमाञ्चक जित


एजेन्सी
काठमाडौं, फागुन ११ गते । श्रीलङ्काली ब्याट्सम्यान वनिन्डु हसरङ्गाले संयमित पारी खेलेपछि श्रीलङ्काले वेष्टइन्डिज विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा जित हात पारेको छ । श्रीलङ्कालाई जितका लागि अन्तिम २७ बलमा २८ रन आवश्यक रहेको बेला मात्र दुई विकेट बाँकी थियो । हरङ्गाले उत्कृष्ट पारी खेलेपछि उसले श्रृखंलामा १–० को अग्रता लिन सफल भयो ।
कोलम्बोमा वेष्टइन्डिजले प्रस्तुत गरेको २९० रनको लक्ष्य पछ्याउँदै घरेलु टोलीले खेल सकिन पाँच बल बाँकी छदै नौ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । श्रीलङ्काको जितमा ओपनरद्वय अविष्का फर्नान्डो र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि १११ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । २६२ रनमा आठ विकेट गुमाएको अवस्थामा हसरङ्गाले टोलीलाई जितसम्म डोरयाउनुभयो । अल्जारी जोशेफले सर्वाधिक तीन तथा कीमो पौल र हेडन वाल्शले सामान दुई र जैसन होल्डरले एक विकेट लिनुभयो । पछिल्लो दुईवर्षमा श्रीलङ्काले पहिलो पटक २५० रनभन्दा माथिको योगफललाई सफलतापूर्वक पछ्याउन सकेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेष्टइन्डिजले पुरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २८९ रनको उच्च योगफल तयार गर्यो । उसको पारीमा ओपनिङ् गर्नुभएका विकेटकीपर ब्याट्सम्यान साइमन होपले सर्वाधिक ११५ रनको योगदान दिनुभयो । रष्टन चेजले ४१ तथा ड्वायन ब्राभोले ३९ रन बनाउनुभयो ।
श्रीलङ्काका लागि इसुरु उदानाले सर्वाधिक तीन तथा नुवान प्रदीप र थिसारा परेराले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?