गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । क्रिकेट विधातर्फको एनसीसी एस सीपान क्रिकेट पुरस्कार आगामी चैत्त २१ गते प्रदान गरिने भएको छ । गत् वर्षबाट नेपाल क्रिकेट खेलाडी संघ(सी प्यान)ले पुरस्कार प्रदान गर्न सुरु गरेको हो । सीप्यान नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा सहभागी भएका क्रिकेट खेलाडीहरुको संगठित संस्था हो ।
सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिब पारस खड्काले विभिन्न पाँच विधामा उत्कृष्ट हुने पाँच खेलाडीलाई नगदसहित सम्मान गर्ने बताउनुभएको छ । सीप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला तर्फ गरी दुईजना क्रिकेटरलाई एक लाख ३२ हजार रुपियाँ प्रदान गर्नेछ । त्यसैगरी, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड गरी थप तीनजनालाई ६६ हजार रुपियाँको दरले प्रदान गरिनेछ ।
महासचिब खड्काले पुरस्कारका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति गठन गरिने उल्लेख गर्नुभएको छ । उहाँले उक्त समितिले गरेको सिफारिशको आधारमा पुरस्कार रुपियाँ र ट्रफी प्रदान गरिने बताउनुभयो । त्यसैगरी, अनलाइन मत सर्वेक्षणको आधारमा पुरानो क्रिकेट खेलाडीलाई क्रिकेटको विकासमा योगदान पुर्याएवात् लाइफ एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।