logo
२०८१ मंसिर ८ शनिवार



न्युजिल्याण्डद्वारा भारत दश विकेटले पराजित

खेलकुद |


न्युजिल्याण्डद्वारा भारत दश विकेटले पराजित


एजेन्सी
काठमाडौं, फागुन १२ गते । भारत न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलमा दश विकेटले हार बेहोरेको छ । जितसँगै न्युजिल्याण्ड दुई म्याचको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको नौ रनको लक्ष्य न्युजिल्याण्डले एक ओभर चार बल खेलेर बिना कुनै क्षतिमा पुरा गरेको हो । टम लाथम सात र टम ब्ल्न्डेल दुई रन बनाएर अविजित रहनुभयो । टिम साउदी खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।
यसअघि पहिलो पारीमा ३९ रनले पछाडि रहेको अवस्थाबाट खेलको चौथो दिन आफ्नो दोस्रो पारीको सुरुवात गरेको भारतले १९१ रनसम्म पुग्दा मात्र आठ रनको अग्रता लिएर समेटिन पुग्यो । भारतीय पारीमा मयन्क अग्रवाल अतिरिक्त कुनै पनि ब्याट्सम्यानले संयमित प्रदर्शन गर्नुभएन । अग्रवालले ५८ रनको योगदान दिनुभयो । दोस्रो पारीमा भारतलाई सामान्य योगफलमा सीमित गर्न न्युजिल्याण्डका टिम साउदीले पाँच तथा ट्रेन्ट बौल्टले चार विकेट लिदा न्युजिल्याण्डले सहजरुपमै जित हात पार्यो ।
वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ् गर्ने आमन्त्रण पाएको भारतले पहिलो पारीमा मात्र १६५ रनमा समेटिन पुग्यो । न्युजिल्याण्डका लागि टिम साउदी र कायल जमीन्सनले सामान चार चार विकेट लिनुभयो ।
जवाबमा न्युजिल्याण्डले कप्तान केन विलियम्सनको ८९ तथा कायल जमीन्सनको ४४ र रोस टेलरको ४४ रनको सहयोगमा पहिलो पारीमा ३४८ रनको योगफल तयार गर्दै १८३ रनको महत्वपूर्ण अग्रता लिन सफल भयो । भारतका लागि इशान्त शर्माले पाँच तथा रबिचन्द्रन अश्विनले तीन विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?