logo
२०८१ मंसिर ८ शनिवार



अष्ट्रेलियाली विमन्सको पहिलो जित

खेलकुद |


अष्ट्रेलियाली विमन्सको पहिलो जित


एजेन्सी
काठमाडौं, फागुन १२ गते । आईसीसी विमन्स टी ट्वान्टी विश्वकपको पाँचौं खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । पहिलो खेलमा भारतबाट पराजित भएको अष्ट्रेलियाले आफ्नो दोस्रो खेलमा श्रीलङ्कामाथि पाँच विकेटको जित हात पार्यो ।
पर्थमा श्रीलङ्काले प्रस्तुत गरेको १२३ रनको लक्ष्य अष्ट्रेलियाले खेल सकिन तीन बल बाँकी छदै मात्र पाँच विकेटको क्षतिमा पुरा गरेको हो । दश रनमै तीन विकेट गुमाएको अष्ट्रेलियालाई कप्तान मेग लैनिङले चौथो विकेटका लागि राचेल हायन्ससँग ९५ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । कप्तान लैनिङ ४१ रनमा अविजित रहँदा राचेल मात्र ४७ बलमा ६० रनको योगदान दिनुभयो । श्रीलङ्काका लागि उदेशिका प्रबोधनी र शशिकला सिरिवद्र्धनेले सामान दुई दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको श्रीलङ्काले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १२२ रनको औसत योगफल तयार गरेको थियो । उसको पारीमा कप्तान चमरी अटापट्टुले सर्वाधिक ५० तथा अनुष्का सञ्जीवनीले २५ रन बनाउनुभयो ।
अष्ट्रेलियाका लागि निकोला केरी र मोली स्टार्नोले सामान दुई दुई विकेट लिनुभयो । जितसँगै समूह ए मा रहेको अष्ट्रेलियाले दुई खेलबाट दुई आर्जन गर्दै तेस्रो स्थानमा उक्लेको छ । न्युजिल्याण्ड र भारत एक एक खेल जितेर पहिलो र दोस्रो स्थानमा छन् । बङ्गलादेश सोमबार भारतसँग आफ्नो पहिलो म्याच खेल्दैछ । श्रीलङ्काले भने दुई खेलमध्ये दुबैमा हार बेहोरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?