logo
२०८१ मंसिर ८ शनिवार



चौथो टी ट्वान्टीमा पनि मलेसियाको जित

खेलकुद |


चौथो टी ट्वान्टीमा पनि मलेसियाको जित


एजेन्सी
काठमाडौं, फागुन १३ गते । मलेसिया हङकङ विरुद्धको चौथो टी ट्वान्टी खेल जितेको छ । जितसँगै पाँच म्याचको टी ट्वान्टी श्रृखंलामा मलेसियाले ४–० को बढत पाएको छ ।
मलेसियाले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउँदै हङकङले सात विकेटको क्षतिमा १५४ मात्रै जोड्न पायो । उसको पारीमा शाहिद वसिफले २९, निजाकत खानले २८ र स्कट म्याक्केनीले २५ रनको योगदान दिएपनि जितका लागि अपर्याप्त रह्यो । मलेसियाका लागि पवनदीप सिंहले दुई तथा अनवर रहमान र धिवेन्द्रण मोगनले सामान एक एक विकेट लियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको मलेसियाले पुरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६७ रनको उच्च योगफल तयार गरेको थियो । मलेसियाका लागि विरनदीप सिंहले अद्र्धशतकीय पारी खेल्नुभयो । अहमद फैजले ४३ तथा खैजर हयात दुर्रानीले २८ रन बनाउनुभयो । हङकङका लागि मोहसिन खानले सर्वाधिक तीन विकेट लिनुभयो । ऐजाज खानले दुई तथा आफताब हुस्सैनले एक विकेट लिनुभयो ।
मलेसिया र हङकङले नेपाल, सिंगापुर र थाइल्याण्ड सम्मिलित एसीसी इस्टर्न रिजन टी ट्वान्टी कप खेल्नुअघि पाँच म्याचको टी ट्वान्टी श्रृखंला खेल्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?