logo
२०८१ मंसिर ८ शनिवार



बङ्गलादेशको जिम्बाबवेमाथि एक पारी र १०६ रनको जित

खेलकुद |


बङ्गलादेशको जिम्बाबवेमाथि एक पारी र १०६ रनको जित


एजेन्सी
काठमाडौं, फागुन १३ गते । बङ्गलादेशले जिम्बाबवे विरुद्धको एक मात्र टेष्ट खेल एक पारी र १०६ रनको विशाल अन्तरले जितेको छ । मुश्फीक्र रहिमले अविजित रहँदै दोहोरा शतक लगाएपछि बङ्गलादेश पहिलो पारीमा बलियो स्थितिमा पुगेको थियो ।
ढाकामा सम्पन्न खेलमा जिम्बाबवेले आफ्नो पहिलो पारीमा २६५ रनको योगफल तयार गरेको थियो । कप्तान क्रेग अर्वाइनले १०७ रनको पारी खेलेपछि उसले औसत योगफल तयार गरेको थियो । बङ्गलादेशले जिम्बाबवेलाई सस्तोमा समेटदा अबु जाएद र नईम हसनले सामान चार चार तथा तैजुल इश्लामले दुई विकेट लिनुभयो ।
जवाबमा १८ रनमै ओपनर सैफ हस्सनलाई गुमाएर कमजोर सुरुवात गरेको बङ्गलादेशलाई मध्यमक्रममा कप्तान मोमिनुल हक र मुश्फीक्र रहिमले चौथो विकेटका लागि २२२ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । हकले १३२ तथा रहिमले अविजित २०३ रनको योगदान गर्दै बङ्गलादेशले छ विकेटको क्षतिमा ५६० रन बनाएर पहिलो पारी घोषणा गर्यो । नज्मल होस्सैन शान्टोले ७१ रन बनाउनुभयो । लिटन दास ५३ रन बनाएर पेभेलियन फर्किनुभयो ।
पहिलो पारीमा २९५ रनले पछाडि परेको जिम्बाबवेले दोस्रो पारीमा मात्र १८९ रनमा समेटिएपछि ऊ भारी अन्तरले हार बेहोर्न पुग्यो । बङ्गलादेशका लागि नइम हसनले सर्वाधिक पाँच तथा तैजुल इश्लामले चार विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच मुश्फीक्र घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?