गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को टेष्ट क्रिकेटमा ब्याट्सम्यानको विश्व वरियतामा स्टिभ स्मिथ शिर्ष स्थानमा उक्लिनुभएको छ । उहाँले भारतीय ब्याट्सम्यान एवम् कप्तान विराट कोहलीलाई उछिन्दै शिर्ष स्थानमा उक्लिन सफल हुनुभएको हो ।
न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलमा कमजोर प्रदर्शन गरेपछि कोहली शिर्ष स्थान गुमाउन पुग्नुभयो । कोहलीले न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टको दुबै पारीमा दुई र १९ रन बनाउनुभएको थियो । स्मिथ र कोहलीबीच शिर्ष वरियताका लागि लामो समयदेखि प्रतिस्पर्धा चल्दै आएको छ । त्यसअघि न्युजिल्याण्डका केन विलियम्सनले शिर्ष स्थानमा पुग्नुभएको थियो । केनले तेस्रो स्थानको मार्नस लबुस्नेलाई उछिन्दै तेस्रो स्थानमा उक्लिनुभएको छ ।
भारतकै अजिन्क्यै रहाने आठौं स्थानमा उक्लिनुभएको छ । पाकिस्तानका बाजर आजम पाँचौं स्थानमा हुनुहुन्छ । देवीड वार्नर छैठौं र जोइ रुट सातौं तथा चेतेश्वर पूजारा नवौं स्थानमा हुनुहुन्छ । मयन्क अग्रवाल भने १३ औं स्थानमा शिर्ष दशमा उक्लिन सफल हुनुभएको छ ।