logo
२०८१ मंसिर ८ शनिवार



उद्घाटन खेलमा सिंगापुरद्वारा थाइल्याण्ड समक्ष १४० रनको लक्ष्य

खेलकुद |


उद्घाटन खेलमा सिंगापुरद्वारा थाइल्याण्ड समक्ष १४० रनको लक्ष्य


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सिंगापुरले थाइल्याण्ड समक्ष १४० रनको औसत लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सिंगापुरले प्रस्तुत गरेको लक्ष्य पछ्याउन थाइल्याण्डको टोली रङ्गशाला उत्रिएको छ ।
टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको सिंगापुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन बनाएको छ । १६ औं ओभरमा मात्र तीन विकेटको क्षतिमा ११२ रनको सम्मानजनक योगफलसम्म पुगेको सिंगापुर बाँकीको चार ओभरमा मात्र २७ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाउन पुग्यो । सिंगापुरका लागि सिद्धान्त सिंहले सर्वाधिक ५९ रनको योगदान दिनुभयो । जनक प्रकाशले उत्कृष्ट फिनिश गर्नुहुँदै मात्र १४ बलमा २० रन बनाएर अविजित रहनुभयो ।
थाइल्याण्डका लागि महशिद फहीम र नोपोन सेनामोन्त्रेले सामान दुई दुई विकेट लिनुभयो । जिआऊल हक र सोरावत देसुग्नाले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?