logo
२०८१ मंसिर ८ शनिवार



अफ्रिकी तेज बलर रबाडा अष्ट्रेलिया र भारतविरुद्धको श्रृखंलाबाट ‘आउट’

खेलकुद |


अफ्रिकी तेज बलर रबाडा अष्ट्रेलिया र भारतविरुद्धको श्रृखंलाबाट ‘आउट’


एजेन्सी
काठमाडौं, फागुन १७ गते । दक्षिण अफ्रिकी तिब्र गतिका बलर कगिसो रबाडा अष्ट्रेलिया विरुद्धको श्रृखंलाबाट बाहिरिनुभएको छ । कम्मरको मांशपेशीमा समस्या आएपछि रबाडा मार्च महिनामा सुरु हुने भारत भ्रमणको क्रममा पनि उहाँ उपलब्ध नहुने भएको छ ।
दक्षिण अफ्रिकी क्रिकेटले एक वक्तब्य जारी गरी अष्ट्रेलिया विरुद्धको टी ट्वान्टी खेलको क्रममा रबाडा घाइते हुनपुगेको जनाएको छ । उहाँले अष्ट्रेलिया विरुद्धको टी ट्वान्टी श्रृखंलाको तीनै म्याच खेल्नुभएको थियो । ११ ओभरमा ११४ रन खर्चिदा मात्र दुई विकेट लिनुभयो ।
अफ्रिकी क्रिकेट बोर्डका अनुसार उहाँ चार साता क्रिकेट मैदान बाहिर रहनुहुनेछ । दक्षिण अफ्रिकी क्रिकेट टोली मार्च महिनाको १८ तारेखसम्म एकदिवसीय श्रृखंला खेल्न भारत पुग्दा रबाडा टोलीमा हुनुहुने छैन् ।
इन्डियन प्रिमियर लिग पनि मार्च २९ देखि भारतमा सुरु हुँदैछ । देल्हीको प्रतिनिधित्व गर्नुहुने रबाडाले प्रिमियर लिगमा सहभागी हुनुअघि शारीरिक तन्दरुस्तीको परीक्षणबाट गुज्रिनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?