logo
२०८१ मंसिर ८ शनिवार



मलेसियाद्वारा नेपाल समक्ष १५५ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


मलेसियाद्वारा नेपाल समक्ष १५५ रनको लक्ष्य प्रस्तुत


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । मलेसियाले एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल समक्ष १५५ रनको औसत लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम पाँच ओभरमा मात्रै ५७ रनभन्दा बढी खर्च गरेपछि मलेसियाले औसत योगफल तयार गर्न सफल भयो ।
थाइल्याण्डको टर्डथाइ क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५४ रन बनाएको हो । १५ ओभरपछि ९७ रनमा पाँच विकेट गुमाएको मलेसियाले अन्तिम पाँच ओभरमा मात्र एक विकेट गुमाएर ५७ रन जोडेको हो । मलेसियाका लागि मोहम्मद अनवर अरुद्दीनले ३१ तथा सैयद अजिज सैयद मुबारकले अविजित रहनुहुँदै मात्र ३५ बलमा अद्र्धशतकीय पारी खेल्नुभयो । अमीनुद्दीन राम्लीले २९ रनको योगदान दिनुभयो । अहमद फैज मोहम्मद नूर ३० रन बनाएर अविनाश बोहराको शिकार भए ।
नेपालका लागि सन्दीप लामिछानेले पारीको तेस्रो तथा आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर मलेसियालाई दबाबमा राख्नुभयो । १९ औं ओभरमा अविनाश बोहराले १५ रन खर्चिनुभयो । त्यसअघि आफ्नो दोस्रो ओभरमा उहाँले दुई विकेट लिनुभएको थियो । उहाँले चार ओभरमा ३९ रन खर्चिनुभयो । सन्दीपले चार ओभरमा मात्र २२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो ।
पारस खडका विकेटविहीन बन्न पुगेपनि उहाँले तीन ओभरमा मात्र सात रन खर्चिनुभयो । पवन सर्राफ दुई ओभरमा १७ रन खर्चिनुभयो । सुशन भारीले तीन ओभरमा २६ रन खर्चिदा प्रमुख बलर करण केसीले चार ओभरमा २९ रन खर्चेर एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?