अविनाश चौधरी
धनगढी, फागुन १७ गते । आयोजक सुदूरपश्चिम–११ सर्वाधिक पुरस्कार राशिको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोलीले विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिम–११ को जितमा विक्रमसिंह ठकुरीले पहिलो हाफको ८ औं र ११ औं मिनेटमा गोल गर्नुभयो । एफीएफले पहिलो हाफको २३ औं मिनेटमा गोल फर्काएको थियो । उसको लागि आशिष लामाले गोल गर्नुभयो ।
प्रतियोगिताको विजेता टिमले नगद २१ लाख एक रुपियाँ र उपविजेताले १० लाख एक रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।