गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले १५५ रनको लक्ष्य पाएको छ । हङकङले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।
टर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको हङकङले उत्कृष्ट सुरुवात गरेको थियो । पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको हङकङ सुरुको दश ओभरमा ८४ रन जोड्दा मात्र दुई विकेट गुमाएको थियो । शाहिद वासिफ र निजाकत खानले पहिलो विकेटका लागि अद्र्धशतकीय साझेदारी गर्नुभयो । शाहिद २६ रन बनाएर पेभेलियन फर्किनुभयो । निजाकत खानले मात्र २९ बलमा ४८ रनको विष्फोटक पारी खेल्नुभयो । दुबैजनालाई सुशनले एकै ओभरमा पेभेलियन फर्काएपछि खेलमा नेपालले वापसी गरेको थियो ।
हारुन अरशदलाई २७ रनको ब्यक्तिगत् योगफलमा कुशल मल्लले पेभेलियन फर्काएपछि ब्याटिंग गर्न आउनुभएका किञ्चित शाहलाई सन्दीपले खाता खोल्न नपाउँदै दिपेन्द्रसिंह ऐरीको हातमा क्याच थमाइ आउट गर्नुभयो । ऐजाज खान २९ रन बनाएर रन आउट हुनुभयो । जैमी एकिञ्सनले १४ बलमा १३ रन बनाउँदै सन्दीपकै बलमा आउट हुनुभयो । सन्दीप लामिछाने र सुशन भारीले सामान दुई दुई विकेट लिनुभयो । सन्दीपले चार ओभरमा मात्र २५ रन खर्चिनुभयो ।